सिभिल बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा सुधार

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४२।२३ प्रतिशत ले धेरै हो । गत वर्षको यही अवधिमा बैंकले २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिसम्म सञ्चालन नाफा ३८ प्रतिशतले बढेर ५८ करोड ८४ लाख रुपैयाँमा पुगेको छ । गत वर्ष सो नाफा ४२ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।
खुद ब्याज आम्दानी पनि ६२।२१५ ले बढेर १ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा सुधार हुन पुगेको हो । बैंकको वितरणयोग्य नाफा ८६ करोड ३ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ ।
हाल यसको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसाले बढेर १८ रुपैयाँ २९ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९५ पैसा छ ।












