बाँकेको चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु

१३ कार्तिक २०७९, आईतवार १६:१४

काठमाडौं । बाँकेको चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका(५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

आगलागीमा परी बर्दिया मधुवन नगरपालिका(८ बस्ने २३ वर्षीय समिर वलीको मृत्यु भएको हो। आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*