सात दिनपछि आजबाट शेयर खुल्दै
१४ कार्तिक २०७९, सोमबार ०८:१३

काठमाडौं । गत कार्तिक ६ गते अन्तिम कारोबार भई बन्द भएको शेयर कारोबार आजबाट खुल्दैछ । तिहार तथा छठ पर्वको अवसरमा लामो विदा परेका कारण बन्द भएको शेयर बजार आजबाट नियमित खुल्न लागेको हो ।
धेरै लगानीकर्ताहरु निर्वाचनमा केन्द्रीत भएकोले मंसिर ४ अघि शेयर बजारमा उत्साहप्रद कारोबार हुन सकिरहेको छैन ।
पछिल्लो तथ्याङ्क अनुसार नेप्स १८५८.४९ अंकमा पुगेको छ । अन्तिम दिन नेप्से १४.३५ अंकले बढेको थियो ।












