अरुण काबेली पावरको साधारणसभा कात्तिक ३० गते, यस्ता छन् एजेण्डा

१४ कार्तिक २०७९, सोमबार १०:२२

काठमाडौं । अरुण काबेली पावरले कात्तिक ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०।५२६ प्रतिशत नगद गरी कुल १०।५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । यस्तै, गत आर्थिकक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि रहेको छ । नयाँ परियोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।

यता, कम्पनीले १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । बोर्डले अनुमति प्रदान गर्ने बेलासम्म कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि स्वीकृति प्रदान गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा लगिने अरुण काबेलीले जानकारी गराएको छ । अरुणको हाल १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रस्तावित बोनस सेयर वितरण भएमा चुक्ता पुँजी २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ ।

साधारण सभा अल्फा बीटा कम्प्लेक्सको चौथो तल्ला, नयाँ वानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले साधारण सभा र बोनस सेयर प्रयोजनका लागि कात्तिक १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*