नयाँ स्टक एक्सचेन्जमा कुन–कुन व्यवसायिक समूहले देखाए चासो ?

१४ कार्तिक २०७९, सोमबार १९:०८

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न विभिन्न उधोगी समूहहरुको चासो रहेको देखिएको छ। करिब दुई दर्जन व्यवसायिक समूहले नँया स्टक एक्सचेन्जको लागि चासो देखाएका छन् ।

बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ अनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न इच्छुक कम्पनीका लागि आवेदन खुला गरेको हो।बोर्डले स्टक एक्सचेन्ज र वस्तु विनियम बजार व्यवसायका लागि ४५ दिनको समय दिएको छ। नयाँ स्टक एक्सचेन्जका लागि निवेदन दिने मंगलबार अन्तिम दिन हो। स्रोतका अनुसार नयाँ स्टक संचालन गर्न शंकर ग्रुप, गोल्छा ग्रुप, खेतान ग्रुप, लक्की ग्रुप, केएल दुगड ग्रुप, विशाल ग्रुप, त्रिवेणी ग्रुप, आइएमई ग्रुप र प्रभु ग्रुप इच्छुक छन्।

त्यस्तै, केएमजी ग्रुप, एमएस ग्रुप, चौधरी ग्रुप, केडिया अर्गनाइजेसन, एमसी ग्रुप, किरण सुज, भटभटेनी ग्रुप, कुमारी बैंक र सिद्धार्थ बैंकका संस्थापक सेयरधनीहरूको संस्थापक समूहले नयाँ स्टक एक्सचेन्जका लागि बोर्डमा आवेदन दिने प्रकृयामा रहेका छन् ।

धितोपत्र नियामक नेपाल धितोपत्र बोर्डले लामो समयदेखि नेपालमा थप स्टक एक्सचेन्ज आवश्यक भएको बताउँदै आएको छ । अहिले नयाँ स्टक एक्सचेन्ज खुल्ने गरी भएको संशोधनलाई धेरैले नियामकले निश्चित व्यापारिक घरानालाई लाइसेन्स दिन र सरकारले यसबाट चुनाव खर्च उठाउन तत्काल नियमावली संशोधन गरेको आरोप लगाएका छन् । बोर्डका प्रवक्ता रुपेश केसीले मडियामा भएको जस्तो निश्चित व्यापारिक घरानालाई लाइसेन्स दिने हल्लामा सत्यता नभएको बताए । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पूर्ण रुपमा पारदर्शी हुने केसीले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*