आइसीएफसी फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि नाफा र इपीएस घट्यो

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार फाइनान्सको खुद नाफा प्रभावित बन्न पुगेको छ ।
चालु आवको असोज मसान्तसम्म फाइनान्सको खुद नाफा ३ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.७९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ४ करोड ७६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।त्यस्तै, सो अवधिसम्म फाइनान्सको खुद व्याज आम्दानी भने ३४.९१ प्रतिशत बढेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीले १४ करोड ८८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा फाइनान्सले ११ करोड ३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी बढेपनि यता संचालन मुनाफा भने सो अवधिसम्म २७.०१ प्रतिशतले घटेर ४ करोड ९६ लाख रूपैयाँमा सीमित भएको छ । संचालन नाफा घट्न पुग्दा फाइनान्सको नाफा घट्न पुगेको हो ।
अवधिसम्म फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फाइनान्सको वितरणयोग्य मुनाफा ९ करोड ४३ लाख रहेको छ । फाइनान्सको खराब कर्जा घटेर १.३१ प्रतिशत कायम भएको छ । आर्थिक वर्षको यसै अवधिमा फाइनान्सको खराब कर्जा (एनपीएल) १.७८ प्रतिशत रहेको थियो । समिक्षा अवधिसम्म् फाइनान्सको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने फाइनान्सको जगेडा कोषमा ४९ करोड ७४ लाख रुपैयाँ सञ्चित रहेको छ ।
नाफा घटेसँगै समिक्षा अवधिसम्म फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १८.६१ रुपैयाँबाट घटेर ११ रूपैयाँ ८७ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५६ रूपैयाँ ३२ पैसा रहेको छ ।












