७६ प्रतिशत लाभांश वितरण गर्ने जाल्पा सामुदायिक लघुवित्तको घोषणा, बोनस र नगद कति ?
२० कार्तिक २०७९, आईतवार १०:२८

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने लघुवित्त संस्थाहरुमा जाल्पा सामुदायिक लुघवित्त पहिलो संस्था हो ।
संस्थाको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजी १६ करोड रुपैयाँको ७३ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश गरी कुल ७६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।













