लघुवित्त संस्थाहरुको शेयरमूल्यमा उछाल, कुनको कतिले बढ्यो ?

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्यमा उछाल आएको छ । शेयरबजार खुलेको केही समयमा नै लघुवित्त संस्थाहारुको शेयरमूल्य बढ्न पुगेको हो ।
यो समाचार तयार पार्दासम्म जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको शेयरमूल्य १० प्रतिशत अर्थात ३०९ रुपैयाँ ९० पैसाले बढेर ३४०८ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै, नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य पनि ९.१२ प्रतिशत अर्थात् २६३ रुपैयाँले बढेर शेयरमूल्य ३१४८ रुपैयाँ पुगेको छ । साथै, उपकार लघुवित्तको ८.८० प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ७.३७ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ६.३५ प्रतिशत, डिप्रोक्स लघुवित्तको ५.७६ प्रतिशत, स्वाबलम्बन लघुवित्तको ५.१२ प्रतिशत, एनआइसी एशिया लघुवित्तको ४.५९ प्रतिशत र छिमेक लघुवित्तको ४.४० प्रतिशतले शेयरमूल्य बढेको छ ।













