एनएमबि क्यापिटलको १ः१ हकप्रद शेयर र नगद लाभांश प्रस्ताव पारित
२० कार्तिक २०७९, आईतवार १६:२६

काठमाडौं । एनएमबि क्यापिटलले २१।०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कात्तिक १८ गते, शुक्रवार सम्पन्न भएको बाह्रौं वार्षिक साधारण सभाले उक्त प्रस्तावहरु पारित गरेको हो । सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८र०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई २१।०५२६३ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्न स्वीकृति प्रदान गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २० करोड रुपैयाँको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पनि सभाबाट पारित भएको छ । राईट शेयर जारी गरेपछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।












