ग्लोबल आइएमई लघुवित्तको मुनाफा ५८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?

२१ कार्तिक २०७९, सोमबार ११:५८

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले प्रथम त्रैमाससम्ममा २ करोड ६७ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ५८।१५ प्रतिशत ले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा सञ्चालन नाफा पनि ५८ प्रतिशत ले घटेर ३ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा ९ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले ८ अर्ब ४८ करोड १० लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म यसले ३ अर्ब ५ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यो लघुवित्तको वितरण योग्यनाफा १ करोड ४२ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी पनि १३।८३ प्रतिशत ले घटेर १३ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घट्नाले यसको खुद नाफामा असर गरेको हो । साथै, इम्पेयरमेन्ट चार्ज पनि ३६५ ले बढेर ३ करोड ८४ लाख पुगेको छ । जसले गर्दा पनि नाफामा संकुचन आएको हो ।

ग्लोबल आइएमईको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ छ । जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७६ पैसाले घटेर १९ रुपैयाँ ३६ पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २।७३ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*