समीट लघुवित्तको नाफामा गिरावट, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा खुद नाफा ५२.८१ प्रतिशतले घट्न पुृगेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.११ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.१७ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १८ प्रतिशत र सञ्चालन मुनाफा ५२.८१ प्रतिशत घटेको छ ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ ८७ पैसा घटेर १५ रुपैयाँ १ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५०.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.२९ प्रतिशत बढेर ४९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ३.७१ प्रतिशत बढेर कोषमा २७ करोड १७ लाख रुपैयाँ संचित रहेको छ । त्यसैगरी, लघुवित्तको निक्षेप २३.९ प्रतिशत, सापटी १७.६६ प्रतिशत र कर्जा १९.२० प्रतिशत बढेको छ ।












