एनसीसी बैंकले ९ संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै, कुनको कति कित्ता ?

२१ कार्तिक २०७९, सोमबार १२:३२

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।

बैंकका संस्थापक शेयरधनीहरु एल्सन श्रेष्ठले ३ लाख ५३ हजार ३७ कित्ता, बिनु श्रेष्ठले ४ लाख ५४ हजार ४१० कित्ता, लक्ष्मी बहादुर श्रेष्ठले २ लाख ७० हजार ८२० कित्ता, विन्सन श्रेष्ठले १ लाख २६ हजार ७७७ कित्ता, मानाङ्क इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.ले १ लाख ३ हजार ३९ कित्ता, जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.ले ११ लाख १० हजार ४१६ कित्ता, हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि.ले १ लाख ९७ हजार २९७ कित्ता, दोलखा भीमसेन इन्भेष्टमेन्ट प्रा.लि.ले ८७ हजार ५५६ कित्ता र एन वि. ग्रुप (नेपाल) प्रा.लि.ले ६ लाख ४० हजार २६६ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम उक्त शेयर बिक्रीका लागि कम्पनीले ३५ दिने सूचना जारी गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागबजार, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् । साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*