सिद्धार्थ बैंकको साढे ६ लाख शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने

२१ कार्तिक २०७९, सोमबार १२:३९

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी बिक्री खुल्ला गरेको छ ।

बैंकका २ जना संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सोमबार (कात्तिक २१ गते) बाट ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*