आँधिखोला लघुवित्तको इपीएस २९ रुपैयाँले घट्यो, नाफामा ७८ प्रतिशत गिरावट

२१ कार्तिक २०७९, सोमबार १२:५१

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।

चालु आवको पहिलो त्रैमाससम्म लघुवित्तले १९ लाख ८९ हजा रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको यसै अवधिसम्मको तुलनामा ७८.७१ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म लघुवित्तले ९३ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र घटेको र संचालन मुनाफा ऋणात्मक रहेको कारण नाफा घट्न पुगेको हो । गत आवमा १ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस अवधिसम्म जम्मा १ करोड ३४ लाख रुपैयाँ मात्रै यस्तो आम्दानी गरेको छ ।

त्यस्तै, गत आवको पहिलो त्रैमाससम्म ९६ लाख १४ हजार रुपैयाँ रहेको संचालन मुनाफा यस अवधिसम्म ९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, समिक्षा अवधिसम्म लघुवित्तको खराब कर्जा समेत थोरै बढ्न पुगेको छ । यसकारण पनि लघुवित्तको नाफा घट्न पुगेको हो ।
नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४२ पैसाले घटेर ७ रुपैयाँ ९६ पैसामा कायम हुन पुगेको छ । साथै प्रतिशेयर नेटवर्थ भने ५८ रुपैयाँ १५ पैसा बढेर २३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

१० करोड चुक्तापुँजी रहेको लघुवित्तको जगेडा कोषको आकार ७३.८१ प्रतिशत बढेर कोषमा १३ करोड ६९ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, लघुवित्तको सापटी २३.८५ प्रतिशत, निक्षेप २०.६३ प्रतिशत र कर्जा परिचालन ३१.४२ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*