खराब कर्जा बढ्दा सिभिल लघुवित्तको नाफा ४९ प्रतिशतले घट्यो, अन्य सूचाङ्क कस्तो ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दो ७२ लाख ८३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
लघुवित्तले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक विगत्तीय विवरणअनुसार गत वर्षको यसै अवधिमा भन्दा लघुवित्तले आर्जन गरेको मुनाफा ४९.४९% ले कम हो । गत वर्ष भने लघुवित्तले १ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ८.३१% ले सुधार भएपनि इम्पेयरमेन्ट चार्ज बढी हुँदा सञ्चालन नाफामा ४९.४९% गिरावट आएको छ । जसका कारण खुद नाफा पनि घटेको हो ।
त्यस्तै, चालु आवको पहिलो त्रैमासम्म लघुवित्तको खराब कर्जा १.८८% बाट बढेर २.६०% पुगेको छ । खराब कर्जा समेत बढेका कारण लघुवित्तले नाफामा सुधार गर्न नसकेको हो ।
खुद नाफा घटेपछि असोज महिनासम्म प्रतिसेयर आम्दानी पनि गत वर्षको भन्दा ९ रुपैयाँ ९१ पैसाले कमी आएर १० रुपैयाँ ११ पैसामा सीमित भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ २ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा छ ।
समिक्षा अवधिसम्म लघु्वित्तको चुक्तापुँजी २८ करोड ८१ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ८.६९ प्रतिशत बढेर कोषमा ८ करोड ३९ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, यस अवधिसम्म लघुवित्तको सापटी १.६७ प्रतिशत, निक्षेप ४.४२ प्रतिशत बढेको छ भने कर्जा परिचालन ७३.३५ प्रतिशत घटेको छ ।












