कुमारी बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२२ कार्तिक २०७९, मंगलवार ११:१९

काठमाडौं । कुमारी बैंक लिमिटेडको २२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कात्तिक २१ गते कम्पनीको संचालक समितिको अध्यक्ष अमिर प्रताप जेबि रानाको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पूँजीको १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गरेको छ । साथै आर्थिक वर्ष २०७८।२०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।२०८० को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै, बैंकले आर्थिक वर्ष २०७८। २०७९ मा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५ (१) (ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा मर्जरमा जाने तथा प्राप्ति गर्न सञ्चालक समतिबाट गठित मर्जर समिति गठन गर्ने प्रस्तावहरु अनुमोदन गरी पारित गरेको छ ।

यसबाहेक भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्ने, गाभिने तथा प्राप्ति गर्नु पर्ने भएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १४ गते एक दिन बुकक्लोज गरेको थियो । यसर्थ कात्तिक १३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै साधारण सभामा लिई बैंकको प्रस्तावित लाभांश प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*