आज अधिकांश लघुवित्त संस्थाहरुको शेयरमूल्य घट्यो
२१ कार्तिक २०७९, सोमबार १५:२४

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेसँगै आज केही कम्पनीका लगानीकर्ताहरुले गुमाउन पुगेका छन् । आज सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीमा ग्लोबल आइएमई लघुवित्त रहेको छ । कम्पनीको आज ५.७० प्रतिशतले शेयरमूल्य घटेको छ ।
त्यस्तै, सर्पोट माइक्रोफाइनान्सको ५.६६ प्रतिशत, आशा लघुवित्तको ४.४३ प्रतिशत, एनआइसी एशिया लघुवित्तको ४.३७ प्रतिशत र शिवम् सिमेन्ट्सको ४.०१ प्रतिशतले घटेको छ ।













