प्रभु बैंकको सवा ५० लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।
बैंकका ८ जना संस्थापक सेयरधनीहरूले कुल ५० लाख १६ हजार १ सय ९९ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । बैंकले उक्त सेयरको मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकेको छ । यसर्थ विद्यमान संस्थापक शेयरधनीहरुले सो वाा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयधरनीहरुले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी दरखास्त पेश गर्न सक्नेछन् ।
साथै तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम उक्त सेयर अन्य कोही संस्था तथा व्यक्तिलाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।












