नबिल फ्लेक्सी क्याप फण्डले भोलिदेखि ५ करोड इकाई निष्कासन

२२ कार्तिक २०७९, मंगलवार १९:११

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डले भोलिदेखि ५ करोड इकाई निष्कासन गर्ने भएको छ ।फण्डले प्रतिइकाई रू। १० का दरले रू। ७ लाख ५० हजार इकाईमध्ये बीज पूँजीबापत १ करोड १२ लाख ५० हजार वा कुल निष्कासन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक नबिल बैंकलाई १४ प्रतिशत अर्थात् १ करोड ५ लाख छुट्याएको छ ।

त्यसैगरी योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई १ प्रतिशत वा ७ लाख ५० हजार इकाई सुरक्षित राखी न्यूनतम ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । इकाई निष्कासन बन्द मिति छिटोमा कात्तिक २७ गतेसम्म रहेको छ ।

सो समयावधिमा सम्पूर्ण इकाई विक्री नभएमा क्यापिटलले मंसिर ७ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ । आवेदकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले उक्त इकाईमा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसहित नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय तथा मेरो शेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*