सिटिजन्स बैंकद्धारा प्रदेश तथा शाखा प्रमुख र विभिन्न पदका लागि कर्मचारी माग, यसरी दिनुस आवेदन

२३ कार्तिक २०७९, बुधबार १०:५२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले प्रदेश प्रमुख, काठमाडौं भित्र र बाहिरका लागि शाखा प्रमुख, आइटि डिपार्टमेन्ट (कोर बैकिङ्ग सिस्टम)का लागि सुपरभाइजर, आइटि डिपार्टमेन्ट (नेटवर्क)का लागि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

त्यस्तै, बैंकले कर्पोरेट कम्युनिकेशन डिपार्टमेन्ट (हेड) का लागि अफिसर एकजना, रिलेशनसिप अफिसर, अपरेशन इन्चार्ज, लिगल अफिसर, ब्रान्च अपरेशनका लागि केही संख्यामा कर्मचारी माग गरेको छ र ह्युमन रिर्सोसेस डिपार्टमेन्टका लागि जुनियर अफिसर एकजना माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर ७ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको वेबसाइट https://www.ctznbank.com/career/ मार्फत दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*