कुमारी बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

२३ कार्तिक २०७९, बुधबार ११:०५

काठमाडौं । कुमारी बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ ।

बैंकले कात्तिक २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश सोही मितिदेखि नै शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा जम्मा गरिदिएको हो ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका तथा हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपश्चात उक्त नगद लाभांश जम्मा हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*