आरम्भ चौतारी लघुवित्तको खुद नाफासँगै इपीएस घट्यो, चुक्तापुँजी २८% ले बृद्धि

२३ कार्तिक २०७९, बुधबार ११:१२

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घटेको हो ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.०५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म लुघवित्तको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.३४ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी १४.१२ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २३.२९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६५.९१ प्रतिशत घटेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ३७ पैसा घटेर ७ रुपैयाँ २३ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९८.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६६ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २८.०३ प्रतिशत बढेर ३६ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ३६.८० प्रतिशत घटेर कोषमा ११ करोड २५ लाख रुपैयाँ मात्रै संचित रहेको छ । त्यसैगरी, लघुवित्तको सापटी ०.६४ प्रतिशत घटेको छ भने निक्षेप १८.०४ प्रतिशत र कर्जा ६.६४ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*