नेरुडे लघुवित्तद्धारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्नो साधारण सभाबाट पारित भएको ५ आर्थिक वर्षको लाभांश बुझिलिन भनेको हो ।
संस्थाले आर्थिक वर्ष २०६६–६७, २०६७–६८, २०६८–६९, २०७०–७१ र २०७२–७३ को नगद लाभांश सेयरधनीले लिन नआएपछि सूचना जारी गरेरै लिन बोलाएको हो । लगानीकर्ताले नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिई लघुवित्तको सेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा ३५ दिन भित्र सम्पर्क गर्नु पर्नेछ ।
संस्थाले अहिलेसम्म नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ । लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण संस्थाको वेवसाइटमा प्रकाशित गरिएको छ ।












