आम्दानीसँगै उपकार लघुवित्तको खुद नाफा बढ्यो, अन्य सूचक कस्तो ?

२३ कार्तिक २०७९, बुधबार ११:३५

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३.८९% ले धेरै हो । लघुवित्तले गत वर्षको यही अवधिमा ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै नाफा बढ्न पुगेको हो । खुद ब्याज आम्दानी १५.४९ प्रतिशतले बढेर ३ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५६ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

संस्थाले ८६ करोड ७४ लाख रुपैयाँ सापट लिएर २ अर्ब १८ करोड ९९ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म यसले १ अर्ब ५ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । असोज ससान्तसम्म सञ्चालन नाफा बढेर ५६ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष उक्त नाफा ३ करोड ४३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । त्यस्तै, खुद ब्याज आम्दानी पनि १५.४९% ले बढेर ३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तले ११ लाख रुपैयाँ राइट ब्याक पनि गरेको छ ।

हाल उपकारको चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ । जगेडा कोषमा १७ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३५८ रुपैयाँ ७० पैसा छ । यसको निष्कृय कर्जा अनुपात घटेर २.७९% पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*