नेष्डो समृद्ध लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हु्न् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२३ कार्तिक २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेसँगै आज आज शेयरबजारमा कारोबार १ अर्ब ४०) करोड माथिको भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेष्डो समृद्ध लघुवित्तको शेयर ६ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ८ लाख, हिमालयन डिस्टिलरीको ५ करोड १० लाख, नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ७ लाख र रिडी हाइड्रोपावरको ४ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













