ऋणीको खातामा फिर्ता गर्न थाले बैंकहरुले ब्याज रकम, क–कसले पाउछन् ब्याज फिर्ता ?

२३ कार्तिक २०७९, बुधबार १६:०२

काठमाडौं । वाणिज्य बैंकहरुले ऋणीहरुबाट लिएको कर्जाको ब्याज फिर्ता गर्न थालेका छन् । नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैंकले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरुले फिर्ता गर्न सुरु गरेको हो ।

केही समययता वाणिज्य बैंकहरुले नियमविपरित प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएपछि विभिन्न संगठन तथा व्यवसायीहरु आन्दोलनरत थिए । राष्ट्र बैंकले ११ वाणिज्य बैंकहरुलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपैयाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैंकहरुले कर्जाको ब्याजमा प्रिमियम थप गरी ब्याजदर बढाएको पाइएपछि सो बैंकहरुलाई थपिएको प्रिमियम वापतको रकम ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार हालसम्म ११ वाणिज्य बैंकलाई १ अर्ब ८५ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिइसकेको छ ।

नियमविपरित ब्याजको प्रिमियम बढाएर लिएको रकम फिर्ता नगरे कारबाही गर्ने नेपाल राष्ट्र बैंकले स्पष्ट निर्देशन दिएपछि बैंकहरुले भटाभट प्रिमियम दरको रकम फिर्ता गर्न सुरु गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले नियमविपरित प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम सम्बन्धित ऋणीहरुले सो बैंकबाट उक्त ब्याज रकम आफ्नै खातामा फिर्ता पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*