आदर्श लघुवित्तको खुद मुनाफा घट्यो, अन्य वित्तिय सूचक कस्तो ?

२४ कार्तिक २०७९, बिहीबार १०:३४

काठमाडौं । आदर्श लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा लघुवित्तको खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७।८३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउनु परेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०।६५ प्रतिशत घटेको छ भने फि, कमिशन तथा डिस्काउण्ट ०।४१ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ०।३४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४७।३४ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ ३७ पैसा घटेर ६ रुपैयाँ ७४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७।८६ प्रतिशत बढेको छ भने जगेडा कोष ७८।५० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २।२१ प्रतिशत घटेको छ भने निक्षेप २१।५५ प्रतिशत र कर्जा १२।४५ प्रतिशत बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*