विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने ठगीसम्बन्धी नेपाल राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

२५ कार्तिक २०७९, शुक्रबार ११:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणहरुलाई सचेत गराएको छ ।

केन्द्रीय बैंकले विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक ब्यक्ति।समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको गुनासो प्राप्त भइरहेको सन्दर्भमा विद्युतीय भुक्तानी प्रयोगकर्ताहरुमा विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने अनुरोध गरेको छ ।

राष्ट्र बैंकले सामाजिक संजालका चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनि इन्टरनेट बैकिङ्ग अथवा मोबाइल बैकिङ्ग को युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानूनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाच बच्न विशेष ध्यान जरुरी देखिने जनाएको छ ।

साथै अपरिचित ब्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटिपि वा अन्य कुनै पनि संवेदनशील जानकारी दिन नहुने, मोबाइल तथा अन्य डिभाइस एवं एप का पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यसका अलावा राष्ट्र बैंकले बढ्दै गइरहेको विद्युतीय माध्यमबाट काराबोर गर्दा भएको ठगीलाई मध्यनजर गर्दै सर्वसाधारणहरुलाई सामाजिक संजाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही ब्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनुपर्ने कुराको सचेत गराएको छ । साथै केन्द्रीय बैंकका अनुसार अनावशयक तथा अनाधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन । यसरी अनाधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरु आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।

कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्युआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यालाई शंकास्पद रुपमा लिनुपर्ने र रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्युआर कोड अथवा पासवर्ड पठाउन आवश्यक नरहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, कुनै पनि वेबसाइट मार्फत विद्यु्तीय भुक्तानी कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारीक वेबसाइट हो।होइन यकीन गरेर मात्रै कारोबार गर्नुपर्ने र कुनै पनि वेबसाइटको ठेगाना बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीइय छ भन्ने बुझिने भएकोले वेबसाइट को ठेगानाा बाट सुरु भए नभएको यकीन गर्नुपर्ने जनाएको छ ।

पछिल्लो समय बढ्दै गइरहेको यस्ता ठगीलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले विद्युतीय कारोबार गर्दा आफू ठगीएको शंका लागेमा अथवा कुनै गुनासो रहेमा आफुले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवं नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाईसम्बन्धी पोर्टल मा गुनासो वा उजुरी दर्ता गराउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*