कुमारी बैंकका ग्राहकलाई दराजबाट समान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने

काठमाडौं । कुमारी बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकार र दराजका पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशतसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका छन् ।
कुमारी बैंकमा खाता रहेका ग्राहकहरूले माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिका लागि मात्र हुनेछ । यो योजना नोभेम्बर ११, २०२२ देखि लागू हुने कम्पनीले जनाएको छ ।












