यसकारण घट्यो निर्धन उत्थान लघुवित्तको खुद नाफा

२७ कार्तिक २०७९, आईतवार १०:३५

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३.८८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.९६ प्रतिशत घटेर ४८ करोड रुपैयाँमा सीमित भएको छ भने फि, कमिशन तथा डिस्काउण्ट २४.२३ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १०.५० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८३.८८ प्रतिशत घटेर ४ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।

निष्क्रिय कर्जा ३.५५ प्रतिशतविन्दु बढेर ७.१४ प्रतिशत पुगेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज २६ लाख ९२ हजार रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा उल्लेख्य घट्न पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४१ रुपैयाँ ७२ पैसा घटेर ५ रुपैयाँ ९३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५३.६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा लघुवित्तको चुक्ता पूँजी २ अर्ब १९ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २ अर्ब ५७ करोड ९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको निक्षेप तथा सापटी १.६४ प्रतिशत बढेको छ भने कर्जा २ प्रतिशत घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*