नेशनल हाइड्रोपावरको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपनि नाफा घट्यो, इपीएस कति ?

२७ कार्तिक २०७९, आईतवार १०:४३

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफा घट्न पुगेको छ । यस अवधिसम्म कम्पनीको नाफा ९८.८४ प्रतिशतले घट्न पुगेको हो । गत आवको यसै अवधिसम्म कम्पनीले ५८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ३६ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६८.६८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । यस अवधिसम्म कम्पनीको आम्दानी बढेसँगै वित्तीय खर्च उल्लेख्य बढेका कारण नाफामा दबाब पुगेको हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४० रुपैयाँ ७३ पैसा घटेर १ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ९७.९१ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ ।

सुनकोशी हाइड्रोपावरलाई प्राप्त गरेको यस कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १८.७० प्रतिशत बढेको छ भने जगेडा कोष ८९.७३ प्रतिशत घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*