गणपति लघुवित्तको खुद नाफा १५४ प्रतिशतले बढ्यो, इपीएसमा समेत सुधार

२७ कार्तिक २०७९, आईतवार १०:५३

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

चालु आवको असोज मसान्तसम्म लघुवित्तले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा १५४.६९% ले धेरै हो । गत वर्ष यही अवधिमा संस्थाले २७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म लुघवित्तको खुद ब्याज आम्दानी सामान्य घटेपनि संचालन नाफा उल्लेख्य बृद्धि भएको छ । यसकारण पनि लघुवित्तको नाफा बृद्धि हुन टेवा पुगेको हो । असोज मसान्तसम्म सञ्चालन नाफा १५४.६८% ले बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा ३८ लाख ६६ हजार रुपैयाँ रहेको थियो । यता खुद ब्याज आम्दानी भने १.६२% ले घटेर ३ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।

गणपति लघु्वित्तको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ करोड ६ लाख रुपैयाँ संचित रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७६ पैसाले बढेर ४ रुपैयाँ ५५ पैसामा पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २.१९% पुगेको छ ।

यस लघुवित्तले १ अर्ब ५५ करोड रुपैयाँ सापटी लिएको छ भने २ अर्ब २७ करोड ५२ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । त्यस्तै, ५६ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*