एनएमबि लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२७ कार्तिक २०७९, आईतवार ११:३३

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, कनिष्ठ सहायक सूचना तथा प्रविधि विभागका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
सो पदहरुका लागि कम्पनीले न्यूनतम प्लस टु तह उत्तीर्ण देखि स्नातक तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले अबको १४ दिनभित्र कम्पनीको वेबसाइट https://nmbmicrofinance.com/career/ मार्फत दरखास्त दिन सक्नेछन् ।













