मर्जर भाड्ने वाणिज्य बैंकलाई राष्ट्र बैंकको चेतावनी, सुविधामा समेत कटौती गरिदैं

२७ कार्तिक २०७९, आईतवार १८:००

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले एक–आपसमा गाभिन (मर्जर) मा जान प्रारम्भिक समझदारीपत्र एमओयू गर्ने वाणिज्य बैंकलाई चेतावनी दिएको छ । मर्जरबाटपछि हटे सुविधा रोक्ने समेत राष्ट्र बैंकले चेतावनी दिएको छ।

हाल १० वाणिज्य बैंकले एमओयू गरेका छन् । जसमा प्रभु बैंकले सेञ्चुरीलाई र हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्नेछ । त्यस्तै ग्लोबल र बैंक अफ काठमान्डु, मेगा र नेपाल इन्भेस्टमेन्ट, कुमारी र नेपाल क्रेडिड एण्ड कमर्श बैंकले एमओयू गरेका छन् । राष्ट्र बैंकले यी १० बैंकलाई पत्र पठाउँदै सचेत गराउन थालेको छ ।

यदि मर्जर भाँडेमा यी बैंकलाई अन्य कनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत सेयरधनीहरुलाई सेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक, लाभांश वितरणमा प्रतिबन्ध, तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक र राष्ट्र बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने जनाएको छ ।

राष्ट्र बैंकले बैंकहरुलाई कुनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभुत शेयरधनीहरुलाई सेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने, दुवै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने, दुवै संस्थालाई अन्य कुनै संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत सेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने, दुवै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्नेरगाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने भएको छ।

दुवै संस्थालाई यस बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*