पिपुल्स हाइड्रोपावर आइपीओमा कतिले दिए आवेदन ?

२७ कार्तिक २०७९, आईतवार १८:१८

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा ७५ करोड ३० लाख रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज ४ः०४ बजेसम्ममा ६ लाख २१ हजार २५२ जनाले ७५ लाख ३० हजार कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १.४५ गुणा बढी आवेदन हो ।

हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको हो । यसले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तासमेत गरी प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो ।

यो मध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त शेयरमा कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत शेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले पिपुल्सको आइपीओलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । केयर नेपालले जनवरी ६ २०२२ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी डिसेम्बर २०२२ सम्म बाहल रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*