खर्च नियन्त्रण हुँदा शिवम् सिमेन्ट्सको नाफा बढ्यो, इपिएस कति ?

२८ कार्तिक २०७९, सोमबार १०:४६

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा बृद्धि हुन पुगेको हो ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले २० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको सञ्चालन आम्दानी घटेपनि अन्य आम्दानी बढेको र खर्च नियन्त्रण गरेका कारण कम्पनीको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३०.४६ प्रतिशत घटेको छ भने अन्य आम्दानी ३ हजार २४८.४३ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ९३ लाख रुपैयाँ रहेको अन्य आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । होङ्गसी सिमेन्टबाट आएको लाभांशका कारण कम्पनीको यस्तो आम्दानी बढ्न पुगेको हो । जसका कारण कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो ।

पहिलो त्रैमासमा सञ्चालन आम्दानी घटेपनि अन्य आम्दानी मार्फत खुद नाफा बढेको देखिएपनि दोस्रो त्रैमासमा कम्पनीले नाफा बढाउनका लागि सञ्चालन आम्दानी नै बढाउनु पर्ने देखिन्छ। पहिलो त्रैमासमा जस्तै सञ्चालन आम्दानी घटेमा कम्पनीको खुद नाफा दोस्रो त्रैमासमा घट्ने देखिन्छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ५ पैसा बढेर २४ रुपैयाँ ९८ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.६८ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*