इम्पेयरमेन्ट चार्ज बढेपछि मेरो माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, अन्य सूचक कस्तो ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा भारी गिरावट आएको छ ।
चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले २ करोड ५५ लाख ८५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ८४.३७% ले कम हो । गत वर्ष भने कम्पनीले १६ करोड ३६ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी घटेर इम्पेयरमेन्ट चार्ज बढेका कारण लघुवित्तको नाफामा भारि गिरावट आएको हो । यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३६.०८% ले घटेको छ । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज ४२ लाख रुपैयाँबाट बढेर ३ करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको सञ्चालन नाफा पनि ८५.२४% ले घटेको छ ।
कम्पनीको खुद नाफा घटेपछि प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८९ पैसाले घटेर ८ रुपैयाँ ५३ पैसा (वार्षिक) मा सीमित भएको छ । गत वर्ष भने प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ४२ पैसा (वार्षिक) रहेको थियो । संस्थाको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा छ ।
यस अवधिसम्म कम्पनीको चुक्तापुँजी एक अर्ब २० करोड रुपैयाँ रहेकोमा चुक्तापुँजी ३.४४ प्रतिशतले बृद्धि भएर कोषमा ४९ करोड ३९ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, लघुवित्तको सापटी ६.७० प्रतिशतले घटेको छ भने निक्षेप १.१३ प्रतिशतले बढेको छ । त्यस्तै, कर्जा परिचालन २.७२ प्रतिशतले घटेको छ ।












