राधी विद्युत कम्पनीले कात्तिक २९ गतेदेखि १३ लाख कित्ता अवतरित हकप्रद बिक्री गर्दै

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधराण समूहतर्फको नबिकेको हकप्रद शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारण समूहतर्फको १३ लाख ५२७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउन लागेका हो । सो शेयर खरिद गर्न चाहाने जो कोही ब्यक्ति, कम्पनी तथा संघसंस्थाले यहि कात्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकनेछन् ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । यसर्थ आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्नका लागि कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्याटिपलको कार्यालय नारायणचौर, नक्साल काठमाडौं अर्था, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु, ठिमी भक्तपु, कुमारीपाटी ललितपुर, इटहरी, विराटनगर, इलाम, विर्तामोड, वीरगंज, जनकपुर, नारायणगढ, हेटौंडा, नागढुङ्गा पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगंज, तुल्सीपुर दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट दरखास्त दिन सक्नेछन् ।












