श्रृजनशील लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक वित्तीय अवस्था

२८ कार्तिक २०७९, सोमबार ११:२८

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।

चालु आर्थिक वर्षको तीन महिनासम्म लघु्वित्तले १ करोड ८ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा ३२.७९ प्रतिशत कम हो । गत आवको यसै अवधिसम्म कम्पनीले १ करोड ६१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । यस अवधिसम्म कम्पनीको सञ्चालन नाफा ७४.४४% ले घटेर ६४ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी २९.२३% ले घटेर ३ करोड १६ लाख ३१ हजार रुपैयाँमा सीमित भएको छ ।

सो अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसा छ । त्यस्तै, कम्पनीको चुक्तापुँजी ५६.२५ प्रतिशतले बढेर १० करोड ९३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार ३९.१२ प्रतिशत बढेर कोषमा २१ करोड ९९ लाख रुर्पैयाँ संचित रहेको छ ।

साथै सो अवधिसम्म संस्थाको सापटी १०.५७ प्रतिशत, डिपोजिट २३.१८ प्रतिशत र कर्जा परिचालन १५.३९ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*