खप्तड लघुवित्त र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

२८ कार्तिक २०७९, सोमबार १३:३२

काठमाडौं । नेप्सेमा खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । खप्तड लघुवित्तको चुक्ता पुँजीका आधारमा कायम कुल ४ लाख कित्ता सेयर सोमबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०१।०७ रुपैयाँदेखि ३०३।२१ रुपैयाँसम्म तोकेको छ ।

सोही मूल्यभित्र रहेर खप्तडको पहिलो कारोबार हुनेछ । ‘केएलबीएस’ संकेतमा यसको सेयर कारोबार हुनेछ । खप्तडको आइपीओ गत भदौ २० गते बाँडफाँट भएको थियो ।

यता, सिक्लेस हाइड्रोपावरको पनि चुक्ता पुँजीका आधारमा कायम ८५ लाख कित्ता सेयर सोमबार सूचीकृत भएको हो । यसको ओपनिङ रेन्ज प्रतिकित्ता ११६।८६ रुपैयाँदेखि ३५०।५८ रुपैयाँ रहेको छ । सिक्लेसको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ । ‘एसआइकेएलइएस’ संकेतमा सेयर कारोबार हुनेछ । सिक्लेसको आइपीओ असोज ११ गते बाँडफाँट भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*