आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्यलाई सरुवा गर्ने तयारी, राजश्व लक्ष्य नपुर्याएको आरोप

२८ कार्तिक २०७९, सोमबार १५:१५

काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक तथा आन्तरिक राजश्व विभागका महानिर्देशक रितेश शाक्यलाई सरकारले सरुवा गर्ने तयारी गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार आन्तरिक राजश्व विभागका प्रमुख शाक्यलाई सरकारले भनेका केही काम नमानेको भन्दै राजश्व लक्ष्य पुर्याउन नसकेको बाहनामा हटाउन लागेको हो ।

उप सचिव शाक्य बीमा समितिमा अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समेत हुन् । शाक्यलाई हटाएर नयाँ पात्र आन्तरिक राजश्व विभागमा पठाउने तयारी भइरहेको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री पत्नी आरजु राणाको निर्देशनमा गलत काम गर्न नमानेपछि शाक्यलाई अन्यत्रै सरुवा गर्न लागिएको हो । आन्तरिक राजश्व विभागबाट सरुवा भएमा शाक्यले बीमा समितिको सञ्चालक पद समेत छोड्नेछन् ।

स्रोतका अनुसार निर्वाचन आचार संहिता लागू भएकोले उनलाई हटाउने कार्य हालका लागि रोकिएको छ । यद्यपि अर्थमन्त्रालयले निर्वाचन आयोग समक्ष आन्तरिक राजश्व विभागका प्रमुखलाई हटाएर नयाँ कर्मचारी पठाउन अनुमति माग्दै निर्वाचन आयोगमा पत्राचार गरिसकेको स्रोतले जनाएको छ । आयोगले निर्वाचनको अन्तिम समयमा अनुमति दिने वा नदिने सम्बन्धमा ठोस निर्णय भने गरिसकेको छैन ।

महानिर्देशक शाक्य अहिले विभागमै कार्यरत रहेका छन् । गत कार्तिक २३ गते नै उनको सरुवा भइसकेको जनाइएको छ । मन्त्रालयले मौखिम रुपमा सरुवा गर्ने निर्णय गरेपनि निर्वाचन आयोगले रोकेकोले उनी जिम्मेवारी नयाँ आउने महानिर्देशकलाई बुझाउने बेलासम्म कार्यरत रहनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*