कुशलता प्रदर्शन गर्दै विदा भईन युनाइटेड इन्स्योरेन्सकी उपसना पौडेल

२८ कार्तिक २०७९, सोमबार १६:३१

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ तथा नेपाली बीमा जगतकै पहिलो महिला सिईओ उपासना पौडेलको आज विदाई गरिएको छ । कम्पनी प्रवेश गरेको छोटो अवधीमा नै युनाइटेड इन्स्योरेन्स कम्पनीलाई मुनाफा मात्रै नभई लाभांश दिन सफल भएकी छिन् ।

२०७८ बैशाख १६ गते युनाइटेड इन्स्योरेन्स कम्पनीमा सिईओ बनेकी पौडेलले छोटो अवधीमा नै पाँच वर्षदेखि लाभांश दिन नसकेको कम्पनीलाई लाभांश दिन सक्ने बनाएर विदा भएकी छिन् । कम्पनीले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरिसकेको छ ।

आव २०७१।०७२ मा २० प्रतिशत लाभांश दिएको कम्पनीले आव २०७२।७३ मा १० प्रतिशत लाभांश दिएको थियो । त्यस बाहेक लाभांश खुवाउन नसकेको कम्पनीलाई नेपालकै महिला सिईओ पौडेलले ब्रेकथ्रू गर्दै मुनाफा दिलाउन सफल भएकी छिन् ।

उपासनाको करिअरमा पहिलो सिईओको जिम्मेवारी थियो । युनाइटेडको लागि परिक्षण पनि थियो । तर, चुक्ता पुँजि कम भएका कारण व्यवसाय सीमितमा रोकिएको थियो । केही पहिलो अप्ठेरो अवस्थाबाट गुज्रेको कम्पनी रिफर्मको चरणमा थियो । रिफर्मकै क्रममा चुक्ता पुँजि थपिएकै अवस्थामा उपासनाको युनाइटेडमा यात्रा सुरु भएको थियो । भारतमा राम्रो अध्ययन गरेर आएकी, वित्तीय क्षेत्रमा फराकिलो ज्ञान भएकी उपासनाले युनाइटेड इन्स्योरेन्स कम्पनीलाई नयाँ गति दिन सफल भएकी छिन् ।

सिईओ पौडेलले गत आवको वित्तीय विवरण तयार गरी बीमा समितिबाट स्वीकृत गराउन समेत सफल भएकी छिन् । बीमा कम्पनीहरुले वित्तीय विवरण तयार पार्न एक्चुरीका कारण ढिलाई हुने गर्दछ । तर, युनाईटेडबाट आज विदा भएकी सिईओ पौडेलले आर्थिक वर्ष सकिएको चौथो महिनाभित्रैमा वित्तीय विवरण समेत पारेर लाभांश प्रस्ताव सम्बन्धी निर्णय गराउन सफल भएकी छिन् । उनको यो सफलताले आगामी दिनमा कुशल नेतृत्व क्षमता प्रदर्शन गर्न सक्षम हुने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*