पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन?
२८ कार्तिक २०७९, सोमबार १८:०४

काठमाडौं, । हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ९ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्रि प्रबन्धकका अनुसार९ लाख १९ हजार १०४ जनाले १ करोड ९ लाख ६३ हजार १० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २।१२ गुणा बढी आवेदन हो ।
हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको हो । यसले आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तासमेत गरी प्रतिकित्ता १०० अंकित मूल्यमा ५६ करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको हो ।












