लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै ल्यायो बचत गरौ, च्याम्पियन बनौं योजना

२८ कार्तिक २०७९, सोमबार १८:३०

काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै ल्यायो बचत गरौ, च्याम्पियन बनौं योजना सार्वजनिक गरेको छ ।विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती शुरु भैसकेको छ र फुटबलका पारखी नेपाली प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भैसकेका छन् ।

यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना “सेभ लाइक अ च्याम्पियन ९बचत गरौं, च्याम्पियन बनौं०” सञ्चालन गर्ने भएको छ । यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।

अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म संचालन हुनेछ । साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*