अरुण काबेली पावरको विद्युत बिक्री आम्दानी साढे २७ करोड, मुनाफा कति ?

२९ कार्तिक २०७९, मंगलवार १०:२८

काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।

चालु आवको पहिलो त्रैमाससम्ममा हाइड्रोपावरले ९ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत आवको तुलनामा २८.०४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले १३ करोड ५३ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने ३.११% ले बढेर २७ करोड ५१ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट २६ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन नाफा ९.७७% ले घटेर २२ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा २४ करोड ९५ लाख रुपैयाँ थियो ।

सञ्चालन नाफा घट्नाले यसको खुद नाफा पनि प्रभावित भएको हो । साथै, कम्पनीको खर्च पनि बढेको छ । अरुणको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ रहको छ । जगेडा कोषमा ३० करोड ८० लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ६१ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*