नेशनल माइक्रोफाइनान्सको खुद नाफा र इपिएस दुवै घट्यो

२९ कार्तिक २०७९, मंगलवार ११:४३

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।

यस अवधिसम्म आइपुग्दा संस्थाले १० करोड २३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा १०.६७ % ले थोरै हो । गत वर्षको यही अवधिमा संस्थाले ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोजसम्म यसको सञ्चालन नाफा १०.६७% ले घटेर १४ करोड ६२ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा १६ करोड ३७ लाख ७ हजार रुपैयाँ रहेको थियो ।

यता, खुद ब्याज आम्दानी पनि ३५.५२% ले घटेर १५ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले यसको खुद नाफा प्रभावित बनेको हो ।

हाल नेसनलको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ छ । जगेडा कोषमा ४६ करोड १९ लाख रुपैयाँ जम्मा छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७० पैसाले घटेर ६८ रुपैयाँ ४८ पैसामा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १०६ रुपैयाँ १८ पैसा रहेको थियो । संस्थाको प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ १६ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २.९५% पुगेको छ ।

कम्पनीले अहिलेसम्म १६ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ सापटी लिएको छ । यसले ११ अर्ब २१ करोड १८ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म संस्थाले ३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*