विजय लघुवित्तको नाफासहित अधिकांश सूचक खस्कियो

काठमाडौं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले पहिलो त्रैमाससमको वित्तिय विवरण सार्वननिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिसम्ममा नोक्सान ब्यहोरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्त ७९ लाख ८२ हजार रुपैया नोक्सानमा रहेको छ । गत वर्षको यसै समयसम्म्मा लघुवित्तले ३ करोड ३२ लाख २० हजार रुपैयाँ कमाएको थियो ।
समिक्षा अवधिसम्म लघवित्तको खुद ब्याज आम्दानी घटेका कारण र जगेडा कोष समेत ऋणात्मक रहेकाले लघुवित्तको नाफा प्रभावित देखिएको हो । यस अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८६ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा पनि ७५.९७ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्तको निष्क्रिय कर्जा पनि ०.१७ प्रतिशतले बढेर ४.९७ प्रतिशत पुुगेको छ । यस कारणले पनि लघुवित्तको मुनाफा ऋणात्मक रहेको हो ।
लघुवित्तको खुद नाफा घटेपछि प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा रहेकोमा यस वर्षसम्ममा २७.९७ प्रतिशतले घटेर ९ रुपैयाँ ९८ पैसामा सिमित रहेको छ । यस अवधिसम्म लघुवित्तको चुक्तापँुुजी २०.०३ प्रतिशतले बढेको छ भने रिजर्भको आकार ४०.०६ प्रतिशतले घटेको छ । त्यस्तै, निक्षेप रकम १२.९५ प्रतिशत र कर्जा परिचालन ५.९१ प्रतिशतले बढेको छ ।












