१० प्रतिशत लाभांश दिने माउन्टेन इनर्जीको घोषणा, बुकक्लोजको मिति समेत तय
३० कार्तिक २०७९, बुधबार १०:३२

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को कायम चुक्तापुँजीको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत अर्थात् १०.५२६३ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साथै कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न पुष ९ गते साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि कम्पनीले मंसिर २७ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ मंसिर २६ गतेसम्म कायम शेयरधनीरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।












