नेप्से परिसूचक १३ अंकले बढ्यो
३० कार्तिक २०७९, बुधबार १५:०९

काठमाडौं । नेप्से १३।४० अंकले बढ्दा १९११।२६ को विन्दुमा कायम भएकोछ ।नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ हजार ६१२ कित्ता शेयर किनबेच हुँदा आज ८५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
ब्याजदर घट्ने वा बढ्ने अवस्थाको कारण शेयर बजार अस्थिर रहेको थियो । एनबीको ब्याजदर पुरानै निरन्तरता हुने भएसँगै शेयर बजारमा पुन हरीयाली छाँउन थालेको छ। आज रिदि हाईड्रोपावर हिमालयन डिस्टीलरी र पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सिक्लेस हाईड्रोपावरको शेयरमा सर्किट लागेको छ।












