समृद्धि फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा

१ मंसिर २०७९, बिहीबार ११:१०

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवारदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापकतर्फको शेयर आजदेखि लिलामीमा ल्याएकोे हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी एवम अन्य कोहि व्यक्ति संघ संस्थाहरूले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । इच्छुक आवेदकले मंसिर १५ गतेसम्म लिलामी शेयरमा आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले अवितरित हकप्रद शेयर पहिलो पटक २०७८ साल चैत २९ गतेदेखि २०७९ साल वैशाख ७ गतेसम्म र दोस्रो पटक २०७९ साल असार १ गतेदेखि असार ९ गतेसम्म लिलामीमा विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको बाँकी शेयर तेस्रो पटक लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*